०२ असार काठमाण्डौं । नेपाली कांग्रेसले प्राकृतिक प्रकोपले जनधनको निकै क्षति गरेको घट्ना प्रति सरकारको गम्भीर ध्यानाकर्षण हुन जरुरी रहेको जनाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गर्दै सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा र हेलम्बु, मनाङ, मुस्ताङ, कास्की, गोरखा जिल्ला लगायतका विभिन्न स्थानमा बाढी पहिरोले गरेको क्षति प्रति तत्काल उद्धार तथा राहातकोलागी युद्धस्तरमा काम गर्न सरकारलाई आग्रह पनि गर्नु भएको छ ।
युद्धस्तरमा उद्धार, हराएकाहरुको खोजी, मानिसहरूलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न सभापति देउवाले सरकारलाई आग्रह गर्नु भएको जारी विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसले स्थानीय पार्टी कार्यकर्तालाई पनि सुक्षित भई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन दिएको छ।