गोर्खा सेमिट्रिज ट्रष्ट नेपालद्धारा कोभिड अस्पताल उदयपुरलाई स्वास्थ्य सामग्री हस्तान्तरण

०२ असार उदयपुर । गोर्खा सेमिट्रिज ट्रष्ट नेपालले कोभिड अस्पताल उदयपुरलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । ट्रष्टले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि चार थान पोर्टएवल भेन्टिलेटर हस्तान्तरण गरिएको हो ।

कोभिड संक्रमण बिरामीको उपचार गर्न प्रयोगमा आउने पोर्टएवल भेन्टिलेटर कोभिड अस्पताल उदयपुरलाई गोर्खा सेमिट्रिज ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र राईले उक्त सामाग्री प्रदान गर्नु भएको हो ।

हस्तान्तरण कार्यक्रममा चौदण्डी नगरपालिकाका मेयर खगेन्द्र राई, जिसस सभापति केवि दर्नाल लगायत ट्रष्ट नेपालका सदस्यहरु

गोर्खा सेमिट्रिज ट्रष्ट हङकङ र सामाजिक अभियान्ता युवा द्वय युकेस राई र संजय राई को पहलमा हङकङ र विभिन्न देशमा बसोबास गर्नु हुने नेपालीहरुको आर्थिक सहयोगमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो।

गोर्खा सेमिट्रिज ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र राई लगायत ट्रष्टका अन्य सदस्यहरु

उक्त वितरण कार्यक्रममा जि.स.सभापति के.वि.दर्नाल,उपप्रमुख गङा राई, त्रियुगा र चौदण्डीगढी नगरपालिकाको मेयर बलदेव चौधरी र खगेन्द्र् राई को उपस्थितिमा अस्पतालका डाक्टर राकेश कर्ण लाई सामाग्री हस्तान्तरण गरिएको हो । कोरोनोका यो महामारीमा जिल्लालाई सहयोग गरेकोमा गोर्खा सेमिट्रिज ट्रष्ट नेपाललाई सबैबाट धन्यवाद ब्यक्त गरियो ।

 

यहाँ कमेन्ट गर्नुहोस्