![](https://www.amurtaonline.com/wp-content/uploads/2021/06/delta-corona.jpg)
असाढ़ २ काठमाडौं__ कोरोना भाइरसको दोस्रो लहरको रफ्तार विस्तारै कम हुँदै गए पनि अझै संकट भने टरिसकेको छैन । थोरै लापरबाहीले पनि पहिलेको भन्दा झन् भयानक स्थिति उत्पन्न हुनसक्ने चिकित्सकले चेतावनी दिएका छन् ।
हालै भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । भारतको केन्द्र सरकारका तर्फबाट कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको जानकारी दिइएको छ । केही साताअघि पाइएको डेल्टासँग मिल्दोजुल्दो लक्षण भएको नयाँ भरियन्ट पुष्टि भएको हो ।
नयाँ पुष्टि भएको भरियन्टको नाम एवाई.१ (डेल्टा प्लस) राखिएको छ । डेल्टा प्लस भेरियन्ट डेल्टाको म्युटेशन हो । कोरोनाको दोस्रो लहरका बेला भाइरसको चपेटामा आएका अधिकांश मानिस पुनः डेल्टा भेरियन्टको शिकार भएका थिए । वैज्ञानिकले डेल्टाबाटै म्युटेट भएर डेल्टा प्लस बनेको बताएका छन् ।
कति खतरनाक छ ?
कोरोनाको स्वरुप प्राय बदलिरहन्छ । यसको यही स्वरुप बदल्ने गुणले नै खतरनाक बनाउँदै लगेको छ । एकपटक फेरि पुष्टि भएको नयाँ भेरियन्टले वैज्ञानिकलाई चिन्तित बनाएको भने छ । तर, अहिलेसम्म यसको संक्रमण त्यति जोखिमपूर्ण नदेखिएको वैज्ञानिकले बताएका छन् । सरकारी संयन्त्रहरुले अहिले यो भरियन्टमाथि थप अनुसन्धान गरिरहेका छन् ।