मेष राशिः अध्ययनको क्षेत्र सबल रहनेछ । पारिवारिक सुख मिल्नुका साथै कला साहित्यका क्षेत्रमा विशेष अभिरुचि रहने देखिन्छ । प्रिय लाभ हुनेछ ।
वृष राशिः खर्चमा वृृद्धिका साथै बोलीमा पनि सजग रहनु उचित हुने देखिन्छ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ । निर्णयशक्तिमा ह्रास आउनेछ ।
मिथुन राशिः आर्थिक पक्ष सबल रहनेछ । बौद्धिक कार्यमा मन जानेछ । व्यवसायिक सफलता मिल्नुका साथै सुखद् यात्रको योग पनि देखिन्छन् ।
कर्कट राशिः भौतिक वस्तुबाट लाभ रहनेछ । प्रेम जीवन सुखद् रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छन् ।
सिंह राशिः मित्र सहयोगले दिन सुखद् बन्नेछ । सामाजिक कार्यमा अभिरुचि रहनुका साथै अध्ययन अध्यापनको क्षेत्र पनि सफल रहने देखिन्छ । मनमा प्रसन्नता रहनेछ ।
कन्या राशिः शत्रु पक्ष सबबल रहनुका साथै कार्य क्षेत्रमा पनि संघर्ष गर्नुपर्ने आजको राशिफल रहेको छ । आर्थिक पक्ष अस्थिर रहनसक्नेछ ।
तुला राशिः पारिवारिक सुख मिल्नुका साथै कार्य व्यवसायमा पनि उन्नति हुने देखिन्छ । द्रव्यलाभ हुनेछ । आर्थिक पक्ष सबल रहनेछ ।
वृश्चिक राशिः व्यवसायमा उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् । वित्तीय लाभ हुनेछ । आमदानीमा वृद्धि हुने आजको राशिफल रहेको छ ।
धनु राशिः अध्ययनमा सफलता मिल्नेछ । आर्थिक लाभ हुनेछ । मेसिनरी वस्तु विशेष लाभदायी रहनुका साथै परोपकारमा मन प्रवृत्त हुने देखिन्छ ।
मकर राशिः आर्थिक पक्ष मध्यम रहनेछ । शारीरक आलश्यताका साथै प्रतिकूल स्वास्थ्यको सामना गर्नुपर्ने देखिन्छ । दिन कार्यदायी रहने देखिन्छ ।
कुम्भ राशिः । प्रेम जीवन सुखमय रहनेछ । मित्र सुखका साथै कार्य व्यवसायमा पनि सफलता मिल्ने देखिन्छ । धार्मिक कार्यमा मन प्रवृत्त हुनेछ
मीन राशिः मित्र जनको साथ सहयोगले दिन प्रेमिल रहने देखिन्छ ।बौद्धिक कार्यमा अग्रसरता रहनुका साथै भौतिक वस्तु लाभदायी रहनेछन् । प्रिय लाभ हुनेछ ।