आजको राशिफल 

२०७८ असार ४ गते, शुक्रवार, १८ जुन २०२१। ज्येष्ठ शुक्लपक्ष अष्टमी तिथि (१६ः२५ बजेदेखि नवमी)। उत्तरफाल्गुनी नक्षत्र (१८ः१२ बजेदेखि हस्त)। चन्द्रराशि– कन्या।

मेष राशिः पारिवारिक सुख मिल्नुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । आर्थिक लाभ हुनेछ । प्रेम जीवन सुखद् रहनेछ ।

वृष राशिः भौतिक वस्तु लाभदायी रहनुका साथै सुखद् यात्राका योग देखिन्छन् । अध्ययन अध्यापनको क्षेत्र सफल रहनेछ । पारिवारिक सुख मिल्नेछ ।

मिथुन राशिः सवास्थ्यमा प्रतिकूलताका साथै खर्चमा पनि वृद्धि हुन सक्ने देखिन्छ । शत्रुपक्ष सबल रहनेछन् । अन्य क्षेत्र मध्यम रहनेछन् ।

कर्कट राशिः प्रेम जीवन पनि पारखिलो रहने देखिन्छ । धार्मिक कार्यमा रुचि रहनुका साथै वित्तीय लाभका योग देखिन्छन् । व्यवसायमा वृद्धि हुनेछ ।

सिंह राशिः विद्याको क्षेत्र पनि सबल नै रहने आजको राशिफल रहेको छ । व्यवसायमा वृद्धि हुनेछ । भौतिक वस्तु लाभदायी रहनुका साथै आर्थिक उन्नतिका योग देखिन्छन् ।

कन्या राशिः विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ । आज चन्द्रबल कमजोर रहनेछ । जसले गर्दा खर्चमा वृद्धिका साथै कार्य क्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छ ।

तुला राशि ः कृषि क्षेत्र पनि फलदायी रहन देखिन्छ । द्रव्य लाभ हुनेछ । व्यवसायमा वृद्धि हुनुका साथै जलीय पदार्थ विशेष लाभदायी रहनेछन् ।

वृश्चिक राशिः अध्ययन अध्यापनमा पनि सफलता मिल्नेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै सुखद् यात्राका योग देखिन्छन् । पराक्रम बढ्नेछ ।

धनु राशिः प्रेम जीवन सुखद् व्यतित हुने आजको राशिफल रहेको छ । धातुजन्य वस्तु लाभदायी रहनुका साथै राजनीतिक क्षेत्र पनि सफल बन्ने देखिन्छ । आयमा वृद्धि हुनेछ ।

मकर राशिः स्वास्थ्यमा सजग रहनु नै उचित हुने देखिन्छ ।चन्द्रमा प्रतिकूल रहेका छन् । जसले आजको दिनलाई अस्थिरताका साथै खर्चिलो पनि बनाउन सक्नेछ ।

कुम्भ राशिः गृह सुख मिल्नुका साथै सांगीतिक क्षेत्रमा लगाव रहनेछ । वाणिज्य क्षेत्र सबल रहनेछ । समग्रमा आजको दिन सुखद् रहने देखिन्छ ।

मीन राशिः आयमा वृद्धि हुनुका साथै लगानीका नयाँ अवसर पनि प्राप्त हुनेछन् । प्रेम जीवन सुखद् रहने देखिन्छ । सामाजिक कार्यमा मन प्रवृत्त हुनेछ ।

यहाँ कमेन्ट गर्नुहोस्