पार्टीको आधिकारिकता लिन जसपा यादव पक्षले निर्वाचन आयोगमा निवेदन दिने

०४ असार काठकाण्डौं । पार्टीको आधिकारिकता लिन जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवको पक्षले निर्वाचन आयोगमा निवेदन दिने भएको छ।

बिहीबार बसेको यादव पक्षको बैठकले पार्टी आधिकारिकताका दिनको लागि निर्वाचन आयोगमा दाबी प्रस्तुत गर्ने भएका छन् । सँगै महत्वपूर्ण ६ निर्णय गरेको कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले जानकारी दिनु भयो।
उनका अनुसार बैठकले गरेका ६ निर्णय यस प्रकार रहेकाा छन् :-

१. पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा दाबी प्रस्तुत गर्ने ।

२. लुम्बिनी प्रदेशका चार सांसदलाई स्पष्टीकरण सोध्ने ।

३. चुरे दोहन गर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गर्ने ।

४. प्रतिगमनविरुद्ध र अग्रगमनका पक्षमा सम्पूर्ण पार्टी पंक्ति लाग्न आग्रह गर्ने ।

५. बाढी पहिरोमा परेकाको उद्धार र तिनलाई राहतका लागि खट्न नेतारकार्यकर्तालाई निर्देशन ।

६. बाढी पहिरोपीडितको उद्धार तथा तिनलाई राहत व्यवस्था गर्न सरकारसँग आग्रह गर्ने ।

गत पुस ५ गते पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरे यता जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव बिच मत भिन्नता सुरु भएको हो । ओलीले गत जेठ ७ गते दोस्रोपटक संसद् विघटन गरे पछि जसपा का ठाकुर पक्ष सरकारमा सहभागी भएको छ भने यादव पक्ष विपक्षी गठबन्धनमा आबद्ध भई सरकारको विरोध गरिरहेको छ ।

यस क्रममा दुवै पक्षले अध्यक्ष सहितका नेताहरूलाई पार्टीबाट निष्कासनै गरेको निर्णय सार्वजनिक गरिसकेका छन्। तर निर्वाचन आयोगले दुवैका निर्णय अवैधानिक भनेको छ।

यहाँ कमेन्ट गर्नुहोस्