कोरोना तिब्र रुपमा फैलिएपछि धनकुटा कांग्रेसका नेताहरु जनतालाई कोरोनाबाट बचाउन गाउँ गाउँमा

०४ असार धनकुटा । धनकुटाको गाउँ गाउँमा कोरोना भाईरस तिव्र रुपमा फैलदै गएकाले नेपाली कांग्रेस धनकुटाले गाउँ गाउँमा कोरोना विरुद्ध सचेतना अभियान संचालन गरेको आज वताएको छ ।

यसै क्रममा कोरोनाबाट बच्न उपाएको वारेमा सचेतना जगाउदै धनकुटाको सागुरीगढी गाउपालिकाको वडा नं – ५ को पर्यटकीय केन्द्र डाडाबजार,हात्तिटारमा आज नेपाली कांग्रेस धनकुटाको टोलीले प्रहरी चौकी डाडाबजरा लगायत विभिन्न महानुभावहरुलाई मास्क प्रदान गरेको छ ।

अग्रपन्तिमा कार्य गर्ने प्रहरी साथिहरुलाई मास्क वितरण गर्दे नेपाली कांग्रेस धनकुटाका सचिव बिजय सन्तोषी राई

नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,क्षेत्रिय सचिव खड्ग लिम्बु, नेपाली कांग्रेसका नेता वडा नं- ५ का वडाध्यक्ष पलक वहादुर वस्नेत,नेपाल तरुण दल सागुरीगढी गाउपालिकाका अध्यक्ष राज लिम्बु लगायतको टोलीले प्रहरी चौकीलगायतलाई केही मास्क प्रदान गर्नु भएको हो ।

नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले नेपाली कांग्रेस डाडाबजारका नेताहरुसंग र जनप्रतिनिधिहरुसंग पनि छलफल गरी कोरोना भाईरससंग बच्न उपाए र नियन्त्रण गर्ने वारेमा छलफल गर्दै वडाध्यक्ष पलक वहादुर वस्नेतलाई मास्क समेत प्रदान गर्नु भएको थियो ।

यसैगरी नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले सागुरीगढी गाउपालिका वडा नं-६का सभापती विष्णु आर्चाय संग पनि कोरोना भाईरसले पारेको प्रभावको विषयमा छलफल गरी जानकारी लिदै कोरोना भाईरससंग सवैले मिलेर लडाई लड्नु पर्नेमा जोड दिनु भयो ।

नेपाली कांग्रेस धनकुटाको उक्त टोलीले चौविस गाउपालिकाको मिलन चौकमा समेत मास्क तथा सेनिटाईजर वितरण गरेको थियो । धनकुटाको गाउ गाउमा कोरोना भाईरस तिव्र रुपमा फैलदै गएकाले कोरोना संक्रमित भई पार्टीका अग्रजहरु र साथीभाईहरु अहिले घर घरमानै छटपटाईरहेकाले उहाहरुसंग भेटघाट गरी केही औषधी तथा स्वास्थ्य समाग्रीहरु ,भिटामिनहरु वितरण गरी स्वास्थ्य लाभको कामना गर्न शहर देखी गाउ गाउ सम्म अभियानमा जुटेको नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

कोरोना संक्रमित क्षेत्रमा स्थानिय जनतालाई मास्क वितरण गर्नु हुदै नेपाली कांग्रेस धनकुटाका सचिव बिजय सन्तोषी राई

नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले सागुरीगढीको वडा नं- ५ र ६ र चौविसे गाउपालिकाको वडा नं-६ र ७ वडाका कोरोनाबाट अति प्रभावित क्षेत्रहरुमा मास्क तथा सेनिटाजर र औषधीहरु वितरण गर्नु भएको थियो ।
धनकुटा जिल्लाको चौविस गाउपालिकाको सवै वडाहरुमा नेपाली कांग्रेस चौविसे गाउपालिकाका सभापती बिजु राईले स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु कोरोना संक्रमितहरु र स्वास्थ्य संस्थाहरुलाई वितरण गर्नु भएको छ ।

धनकुटाको सागुरीगढी गाउपालिकामा पनि क्षेत्रीय सभापती जितेन्द्र राई,जिल्ला सदस्य नेपालधन राई,पालिका सभापती यम प्रकाश मगरले स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु वितरण गर्नु भएको छ ।सहिद भूमी गाउपालिकाका पनि पालिका सभापती तिर्थ राईको नेतृत्वमा कांग्रेस नेताहरु यूवाहरुले सुरक्षित तथा स्वास्थ्य समाग्रीहरु वितरण गर्नु भएको छ ।

पाख्रिवास नगरपालिकामा जिल्ला सदस्य ज्ञानु गुरुग,जयन्द्र घिसिग,नगर सभापति प्रेम भण्डारी,क्षेत्रीय सदस्य ज्योती गुरुग ,यूवा नेता तथा वडा नं- ३ का वडासभापती चन्द्र लिम्बु लगायतले निशुल्क एम्बुलेन्स संचालन र स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु वितरण गर्नु भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्