०४ असार उदयपुर । कटारी नगरपालिकाले पोषणयुक्त सामाग्री सहितको झोला नगरका गर्भवती तथा सुत्केरी महिलाहरुलाई आज वितरण गरेको छ ।
बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका आमा तथा कोरोना संक्रमित महिलाहरुलाई पोषणयुक्त सामाग्री सहितको झोला वितरण गरेको मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी) ले जानकारी दिनु भयो ।
कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी) र उपमेयर भिमकुमारी राउतले आज संयुक्त रुपमा नगरपालिका परिसरमा पोषणयुक्त सामाग्री सहितको झोला विरतण गरेर कार्यक्रमको सुरुवात गरेका छन् ।
पोषणयुक्त सामाग्री सहितको झोला सबै १४ वटा वडाका घर घरमा पुराएर सामाग्री वितरण गरिने उपमेयर राउतले जानकारी दिनुभयो ।
पोषणयुक्त सामाग्री सहितको झोलामा १ प्याकेट वासमती चामल , ५ किलोको १ प्याकेट , १ प्याकेट आयोनुन ,आधा लिटर तोरी तेल ,१ किलो राजमा, १ किलो चना,काजु १ सय ग्राम ,१ क्यारेट अण्डा, घ्यु आधा केजीको १ डब्बा , ज्वानो २ सय ग्रामको १ प्याकेट रहेको छ । त्यसैगरी नेलकटर १ थान ,तौलिया १ थान , काईयो १ थान, हातधुने साबुन ५ थान झोलामा राखिएको छ ।
पोषणयुक्त सामाग्री सहितको झोलामा गर्भवती तथा सुत्केरी महिलाहरु अति आवश्यक पर्ने सामाग्रीहरु राखिएको हुनाले यो पोषणयुक्त सामाग्री सहितको झोला पाउदा नगरका महिलाहरु खुसी भएको उपमेयर राउतले बताउनु भयो ।
गर्भवती महिला तथा सुत्केरी महिला सहित आमा र वच्चा दुवैको स्वास्थ्यलाई ध्यानमा राखेर सामाग्री वितरण सुरु गरिएको हुनाले अवको केही दिनमा सबै वडाका टोलटोलमा यो पोषणयुक्त सामाग्री सहितको झोला पुग्ने उपमेयर राउतले विश्वास दिलाउनु भयो ।