५ असार, काठमाडौं । मनसुन सुरु भए यता अविरल वर्षाका कारण आएको बाढी, पहिरोमा परी १७ जनाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, कालिकोट, बाजुरा, बझाङ र प्युठान,अर्घाखाँची,पाल्पा,कास्कीमा १र१ जनाको मृत्यु भएको प्रहरलिे जनाएको छ ।
मनसुन सुरु देखि आज शनिबार दिउँसोसम्म आएको बाढी, पहिरोका कारण १७ जना घाइते भएका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा ५ जना, म्याग्दी र डोटीमा ३र३ जना, जुम्लामा २ जना, कास्की, स्याङजा, चितवन र सल्यानमा १र१ जना रहेका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भईरहको छ ।
बाढी पहिरोमा परी २२ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकमा २१ जना र बाजुरामा १ जना रहेका छन् र उनीहरूको खोजी भइरहेको नेपाल प्रहरीले जनाएको छ । बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ जना, सल्यानमा ८ जना, दाङमा ४ जना र कञ्चनपुरमा ३ जना गरी १०९ जनाको उद्धार गरिएको प्रहरी जानकारी दिएकोछ ।