०६ असार काठमाण्डौं । दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार भइरहेको उनको निजी सचिवालयले जनाएको छ।
खनाललाई ज्वरो र खोकी निको भइसकेको छ भने अक्सिजन सपोर्ट हटाएर नर्मल ब्रेथिङ सिस्टममा फर्कि सक्नुभएको नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनु भयो । अज अन्य समस्याहरूको उपचार चलिरहेको भट्टराईले बताए ।
कोरोनाको संक्रमणबाट हालै मुक्त भएका पूर्वप्रधानमन्त्री खनाललाई स्वास्थ्यमा फेरि समस्या देखिएपछि गत सोमबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। ‘पोस्ट कोभिड’ भएको आशंका गरिए पनि अन्य थप समस्या देखिएकाले थप उपचारका लागि यही असार २ गते उनी दिल्ली गएका हुन्।
यहाँ कमेन्ट गर्नुहोस्