असारको दोश्रो साताबाट स्मार्ट लकडाउन

०६ असार काठमाण्डौं । आउने असारको दोस्रो हप्ता ७ गतेपछि आर्थिक क्षेत्र चलायमान हुने गरी स्मार्ट लकडाउन कार्यान्वयनमा आउने लागेको कोभिड–१९ निर्देशक समितिको बैठकले निर्देशन दिएको हो ।

कोभिड-१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी)को अनुसार यसको स्वरूप र प्रकृति कस्तो किसिमले बनाउने भन्ने अवको केही दिनमा सार्वजनिक गरिने बताएका छन् । सीसीएमसी प्रमुख बालानन्द शर्मा स्मार्ट लकडाउन कस्तो हुने भनेर सम्बद्ध पक्षसँग छलफल भइरहेको बताउँछन् ।

स्मार्ट लकडाउनमा निषेधाज्ञा कायमै रहेको अवस्थामा आवश्यक मापदण्ड अपनाई केही सेवा सञ्चालनमा ल्याउन सकिन्छ । उद्योग, कलकारखाना, गार्मेन्ट, सार्वजनिक यातायात, व्यापार व्यवसाय सञ्चालनका लागि स्वास्थ्य तथा सुरक्षा मापदण्ड, न्यूनतम जनशक्तिको परिचालन, व्यापार व्यवसायमा आलोपालो, सवारी साधनमा जोरबिजोर लगायतका उपाय अवलम्बन गर्न सकिने सिसिएमसीका अधिकारीहरू बताउनुहुन्छ ।

विशेषगरी ‘स्मार्ट लकडाउन’ काठमाडौँ उपत्यकालगायत कोरोनाको उच्च जोखिममा रहेका जिल्लाहरूको सहरी क्षेत्रमा लागू हुने छ ।

यहाँ कमेन्ट गर्नुहोस्