अख्तियार भ्रष्टाचारीलाई कारबाही गर्ने निकाय भए पनि ठुलाबडाका अगाडि लत्रिन्छ : नेता गुरुङ

०६ असार काठकाण्डौं । नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अर्बौंको भ्रष्टाचार सम्बन्धि कुरालाई उठान गर्नु भएको छ ।

उहाँले नेपाल आययल निगमको जग्गाको मुद्धा अख्तियारमा तामेलीमा बसेको धेरै भएको र बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको भ्रष्टाचार मुद्धा अख्तियारमा भएपनि त्यसमा संलग्न भ्रष्टाचारीलाई कारबाही नभएकोमा दुःख ब्यक्त गर्नु भएको छ ।

आज बिहान ट्विट गर्दै अर्बौंको भ्रष्टाचारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन गरि दोषीलाई कठघरामा उभ्याएको हेर्न चाहेको नेता गुरुङले बताउनु भएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्