नेपाली कांग्रेस धनकुटाले जिल्लावासी लगायत सवै नेपालीहरुलाई उच्च सर्तकता अपनाउ अपिल

०६ असार धनकुटा । तिव्र रुपा लगातर बर्षा कारण हुन सक्ने क्षती प्रती उच्च सर्तकता अपनाउदै सुरक्षित रहनु नेपाली कांग्रेस धनकुटाले आज विज्ञप्ती प्रकाशित गरी धनकुटा जिल्लावासी लगायत सवै नेपालीहरुमा अपिल गरेको छ ।

साथै धनकुटा विगत केही दिनदेखि परेको अविरल वर्षाको कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची लगायत देशभरीका विभिन्न जिललाहरुमा अविरल बर्षाका कारण ठूलो मात्रामा जनधनको क्षती भैरहेकोले उचित क्षतीपूर्ती दिन सेमत सरकारसंग जोडदार माग गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती अग्नी प्रसाद पौडेल र जिल्ला सचिव विजय सन्तोषी राईले जारी गर्नु भएको प्रेस विज्ञप्ती मार्फत उक्त अपिल गनुृ भएको हो ।

बर्षाका कारण आएको बाढी,पहिरो,डुवान तथा कटानका लगायत प्रकाकृतिक प्रकोपका कारण देशभरी भैरहेको ठूलो मात्रामा भैरहेको जनधनको क्षती प्रति सरकार उदाशिन बन्दै सरकार टिकाउने खेलमा मात्र व्यस्त रहनु नेपालीको लागी ठूलो दुर्भाग्य भएको छ । हामी यस बिषयमा सरकारको गंभिर रुपमा ध्यानर्कषण गराउदै बर्षा लगायत प्राकृतिक प्रकोपका कारण पीडि भएकाहरुलाई तत्काल राहत उपलब्ध गराउन र घरवहारविहिन भएकाहरुलाई उचित व्यवस्थापन गर्न समेत धनकुटा कांग्रेसले उक्त विज्ञप्ती मार्फत जोडदार माग गरेको छ ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्भी ,हेलम्बु,पाचपोखरी, मनाङ्ग सदरमुकाम चामे, स्याङ्जाको सेतीवेणी,पर्वत, मुस्ताङ, कास्की, गोरखा,म्याग्दी ,बागलुङ्ग ,चितवन , नवलपुर लगायत देशका अधिकांश भागहरुमा बाढी, पहिरो, डुवान र कटान जस्ता प्राकृतिक प्रकोपले ठूलो मात्रामा जनधनको क्षति हुन पुगेको छ। भने इन्द्रावती र मेलम्ची जोड्ने मोटरेवल पुल सहित दर्जनौं झोलुङ्गे पुल र घरहरु वगाएको छ भने पहिरोका कारण राजमार्गहरु अवरुद्ध छन् ।
मौसमविदहरुको पुर्वानुमान वमोजिम जोखिम न्यूनीकरण र रोकथामका लागि सरकारले आवश्यक गृहकार्य नगरेको कारण यो वर्ष ठूलो जनधनको क्षती व्यहोर्नुपर्ने देखिन्छ।

नेपाली कांग्रेस वाढी पहिरोवाट ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारलाई उचित क्षतिपुर्तीको व्यवस्था गर्न, वेपत्ता व्यक्तीहरुको खोजी र घाइतेहरुको निशुल्क स्वास्थ्यापचारको व्यवस्था मिलाउन नेपाल सरकारलाई संग धनकुटा कांग्रेसले माग गरेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

साथै विपदमा परेका परिवारको उद्दार गरि सुरक्षित ठाउमा स्थानान्तरण गर्न र आवश्यक राहत उपलब्ध गराउन समेत जोडदार माग गर्दै नेपाली कांग्रेस धनकुटाले दुखको यो घडी वाढी ,पहिरो जस्ता प्राकृतिक प्रकोप को चपेटामा परेका परिवारहरुको उद्दार र राहत कार्यलाई प्रभावकारी वनाउन आवश्यक पहलकदमी लिन नेपाली काङ्ग्रेस पार्टीका सम्पुर्ण तह र तप्काका नेता, कार्यकर्ता एवं भातृ एवं सुवेच्छुक संघसंस्थाका साथीहरुलाई हार्दिक अपिल समेत गरेको छ ।

मौसमविदहरुको पुर्वानुमान अनुसार यो बर्ष लगातार अधिक बर्ष हुने भएकोले धनकुटा जिल्लाबासी लगायत सम्पूर्ण नेपालीहरुमा हामी बर्षा तथा प्राकृतिक प्रकोपबाट हुन सक्ने जन धनको क्षतीबाट जोगिन र जोगाउन अहिले देखीनै उच्च सर्तकता अपनाई सजक भएर सम्पूर्ण सुरक्षाका बिधिहरु अबलम्वन गर्नका लागी तयारी भैरहनु समेत नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेल र सचिव विजय सन्तोषी राईले जारी गर्नु भएको प्रेश विज्ञप्तीमा अनुरोध गरिउको छ ।

यहाँ कमेन्ट गर्नुहोस्