लागूऔषध कारोबार गर्ने १ जना पक्राउ

०७ असार मोरङ । मोरङ सुन्दरहरैचा नगरपालिका -६ डिपुचोक स्थितबाट लागूऔषध सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान ५ का २६ बर्षीय गोपाल बिश्वकर्मा रहेका छन् ।

हिजो आईतवार दिउसो २ बजे लागूऔषधको कारोवार भईरहेको गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बिश्वकर्माले बोकेको ब्यागबाट DIALEX-DC 100 ML को  २५ बोतल, NITRAVET-10 -३७५ ट्याबलेट, NITRAVET-10  -६० ट्याबलेट र SPASMO-PROXYVON PLUS -१४४ ट्याबलेट  बरामद भएको हो । पक्राउ परेका बिश्वकर्मा उपर थप अनुसन्धान भईरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्