![](https://www.amurtaonline.com/wp-content/uploads/2021/06/cdo-udayapur_20210614132724.jpg)
०७ असार उदयपुर । उदयपुर जिल्लाकामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्लाका केही सेवामा सहजीकरण गर्दै एक साता (असार १४ गते राति १२ बजे) सम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण समितिको आज बसेको बैठकले केही खुकुलो पार्दै निषेधाज्ञाको आदेश थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तुलसी राम सेडाईले जानकारी दिनुभयो । थाप निषेधाज्ञा लागू भएसँगै अत्यावश्यक बाहेकका सेवाहरु बन्द हुने छन् ।
कुन-कुन सेवाहरु बन्द हुन्छन् :
निषेधाज्ञा अवधिभर सार्वजनिक साधनहरु बन्द हुने छन् । यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा रोक लगाइने छ । यद्यपी होटल-रेष्टुरेन्टले होम डेलिभरी गर्न भने पाउने छन् ।
कुन-कुन सेवाहरु खुल्छन् ?
हाटबजार, मेला, सैलुन तथ ाव्युटीपार्लर बाहेक जारी निषेधाज्ञामा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर सबै प्रकारका पसलहरु बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म खुल्ला गर्न पाइने जनाइएको छ ।
त्यस्तै, निजी सवारी साधन तथा दुवानीका सवारी साधनहरु जिल्ला भित्र सञ्चालन गर्न पाइने भएको छ भने सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था पनि सञ्चालन गर्न खुला गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।
साथै, कोही कसैले आदेशको बर्खिलाप हुने गरि काम कारबाही गरेमा प्रचलित कानुन अनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।