जेष्ठ २ काठमाण्डौ____नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि कार्यदल बनाउने सहमति भएको छ । आज अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भएको कुराकानीमा १० सदस्य रहेको कार्यदल बनाउने सहमति भएको हो ।
कार्यदलमा टोलीमा नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्। यस्तै ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्।
यो कार्यदलले तीन दिनभित्र पार्टीमा देखिएका विवाद समाधान गर्ने नेता माधव कुमार नेपालले बताए। समय थप गर्नुपर्ने देखिए थप गर्न सकिनेछ । साथै आज ओलीसँग भएको भेटवार्तामा २०७५ जेठ २ कै संरचनाअनुसार पार्टी अगाडि बढाउनेबारे छलफल भएको नेता नेपालले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्