
०९ असार विराटनगर । प्रदेश १ मा आज ७१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३४६ महिला र ३६७ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५७ हजार ८५८ पुगेको छ ।
प्रदेश १ मा आज ४२७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १६१, मोरङमा १२४, झापामा १०९, उदयपुरमा १०, धनकुटामा ५, इलाममा ४, ताप्लेजुङमा ३, पाँचथरमा २, तेर्ह्थुममा १ र प्रदेश १ बाहिरका ८ जना संक्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६९ हजार २२४ पुगेको छ । सक्रिय संक्रमितको संख्या १० हजार २३६ रहेको छ । प्रदेश १ मा आज १ हजार ३४५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २०९ महिला र २१८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्