०९ असार जन्तेढुङ्गा । केही दिन अगाडि सामाजिक संन्जालमा खोटागंको जन्तेढुङ्गा ५ साविक २ निवासी ६५ वर्षिय खम्बसिङ तामाङको कमजोर अवस्था सार्वजनिक भएपछि दाजुभाई समुह कतार द्वरा खाद्मन तथा लता कपडा सोही ठाउँमा पुगी बितरण गरेको छ ।
तामाङले अर्काको जग्गामा बसेर मजदुरी काम गर्दै आफ्नो जिवन गुर्जादै आइरहेका छन् ।
सामाजिक संन्जालमा मार्फत तामाङको कमजोर अवस्थाको बारेमा थाहाँँ पाए लगतै दाजुभाई समुहले करिव २० हजार बराबरको राहत सामाग्रि लिएर सोही ठाउँ पुगि तामाङलाई हस्तान्त्रण गरेको दाजुभाई कतार समुह का नेपाल प्रतिनिधी सरोज श्रेष्ठ बताए ।
राहातमा ५० केजिको चामल ९२ बोरा० ,दाल १०के.जि, प्याज ५ के.जि ,चिनि ५ के.जि, मसला १ के.जि , सोयाविन १ के.जि र सिरक ,डस्ना ,तन्दा ,तकिया ,प्याटिक गुन्द्रि , झुल ,टि-सर्ट त्रिपाल २ पिस तामाङलाई हस्तान्त्रण गरेको हो ।
तामाङको अवस्थालाई देखेर गाउँलेहरुले मिलेर एउँटा सानो घर बनाई दिने पनि निर्णय भएको कुरा दाजुभाई कतार समुहका नेपाल प्रतिनिधी श्रेष्ठ बताए ।।