धनकुटामा वहिरा सुस्त श्रवण स्रोत कक्षका विद्यार्थीहरुलाई स्वास्थ्य समाग्री वितरण

१० असार धनकुटा । धनकुटा नगरपालिका वडा न-४ को मागेश्वर प्राविमा संचालित वहिरा सुस्त श्रवण स्रोत कक्षका विद्यार्थीहरुलाई आज धनकुटा उद्योग बाणिज्य संघको तर्फबाट स्वास्थ्य तथा सरक्षित समाग्रीहरु र औषधी प्रदान गरिएको छ ।
नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव समेत रहनु भएका धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले मागेश्वरी प्रावि छारागाउ धनकुटामा संचालित बहिरा,सस्त श्रवण स्रोत कक्षका विद्यार्थीहरुका लागी मास्क,सेनिटाईजर,औषधी उक्त स्रोत कक्षका प्रमुख तथा विद्यालयका प्रधानध्यापक श्रवणलला राईलाई प्रदान गर्नु भएको हो ।
उक्त वहिरा,सुस्त तथा श्रवण स्रोत कक्षमा १६ जना विद्यार्थीहरु अध्ययन रहेकाले विद्यार्थीहरुलाई आवाश्यक परे अन्य सहयोग समेत उपलब्ध गराउने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो । भने स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु प्रदान गरेकोमा अध्यक्ष राईलाई विद्यालयका प्रधानाध्यापक श्रवणलाल राईले धन्यवाद दिदै स्रोत कक्ष संचालनको वारेमा जानकारी दिनु भएको थियो ।

यस अघि धनकुटाको उत्तरपानीमा रहेको सुस्त श्रवण स्रोत कक्षका विद्यार्थीहरुला लागी पनि स्रोत कक्षका प्रमुख भूपेन्द्र भण्डारीलाई नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राईले मास्क तथा सेनिटाईजर प्रदान गर्नु भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्