माइतीघर मण्डलामा जातीय विभेदविरुद्ध विरोध प्रदर्शन

असाढ़ १० काठमाडौं__ काठमाडौंको माइतीघर मण्डलामा जातीय विभेदविरुद्ध विरोध प्रदर्शन गरिएको छ । सञ्चारकर्मी रूपमा सुनारलाई थरकै कारण घरभेटीले कोठा नदिएको विषयलाई लिएर अहिले देशभर बहस भइरहेको छ ।

बिहीबार माइतीघर मण्डलामा विभिन्न व्यक्तिहरू उपस्थित भएर जातीय विभेदविरुद्ध ऐक्यबद्धता जनाउन हस्ताक्षर संकलन गरिएको छ । सहभागीहरूले जातीय विभेविदद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्