विश्वका कोरोना संक्रमितको संख्या १८ करोड नाघ्यो

असाढ़ १२ काठमाडौं__ विश्वमा कोराना भाइरस संक्रमितको संख्या १८ करोड नाघेको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार विश्वमा आजसम्म १८ करोड ११ लाख ६० हजार ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विश्वका २ सय २० देश तथा क्षेत्रमा कोरोना भाइरस देखिएको छ। हालसम्म सबैभन्दा बढी कोरोना संक्रमति क्रमसः अमेरिका, भारत, ब्राजिल, फ्रान्स, रुस, टर्की, बेलायत, अर्जेन्टिना, इटाली, कोलम्बिया, स्पेन र जर्मनीमा देखिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्