धनकुटा कांग्रेसका अभिभावक स्व.धर्मलाल श्रेष्ठको १० औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली कार्यक्रम

१२ असार धनकुटा । नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य रोशेष श्रेष्ठको पिता तथा नेपाली कांग्रेस धनकुटाका अभिभावक वरिष्ट समाजेवी स्वर्गीय धर्मलाल श्रेष्ठको १० औं दिनको पुण्य दिनको अवसरमा आज नेपाली कांग्रेस धनकुटाले धनकुटामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न भएको श्रद्धाञ्जली कार्यक्रममा प्रदेश सभा सदस्य नेता लिला सुब्बा,नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्य कुसुम कुमारी श्रेष्ठ,महासमिति सदस्य आनन्द सन्तोषी राई,जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्यहरु ज्ञानु गुरुङ्ग,जयन्द्र घिसिङ्ग,निलम थापा,नेपाल महिला संघ धनकुटाकी उपाध्यक्ष अम्विका धमला,नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका सभापती प्रेम भण्डारी,नेकपा एमाले माधव समुहका पाख्रिवासका अध्यक्ष सोभित निरौला, जसपा पाख्रिवासका अध्यक्ष जितेन्द्र माङपाङ्ग,नेपाली कांग्रेस धनकुटा वडा नं। ७ का सभापती सुनिल कुमार डंगोल लगायतले कांग्रेसका अभिभावक स्वर्गीय धर्मलाल श्रेष्ठ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाको योगदानको वारेमा चर्चा गर्नु भएको थियो ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटका सभापती अग्नी प्रसाद पौडेलले कांग्रेसका अभिभावक वरिष्ठ समाजसेवी स्वर्गीय धर्मलाल श्रेष्ठको परिवारजनमा समवेदना पत्र समेत प्रदान गर्नु भएको थियो ।

असार ३ गते असमायिक निधन हुनु भएका नेपाली कांग्रेस धनकुटा अभिभावक स्वर्गीय धर्मलाल श्रेष्ठको एक श्रीमती गिता श्रेष्ठ,छोरा नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य रोशेष श्रेष्ठ,बुहारी बिनु श्रेष्ठ,छोरी रोषी श्रेष्ठ र नाती नातीनीहरु रहनु भएको नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्