आजको राशिफल

२०७८ असार १३ गते, आइतवार, २७ जुन २०२१,आषाढ कृष्ण पक्ष, तृतीया तिथि,उत्तराषाढा नक्षत्र (प्रातः ५ः३९ बजेदेखि श्रवण)। चन्द्रराशि– मकर।

मेष राशि :-

भविष्यका लागि नयाँ कामको जग बसाउने मौका छ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ।परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ला। नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न हुनाले समस्या पर्नेछ।

वृष राशि :-

फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। सामाजिक दायित्व बढ्नेछ। परिस्थितिवश केही समस्यामा अल्झनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। सहयोगीहरू जुट्नाले चिताएको काम छिटै सम्पादन हुनेछ।

मिथुन राशि :-

स्वास्थ्य र अर्थका हिसाबले आजको दिन कमजोर रहनेछ। आकस्मिक समस्याले दौडधुप गराउन सक्छ। रिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला।

कर्कट राशि :-

अतिथिका रूपमा सेवा सत्कार प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। गृहस्थी यात्रा रमाइलो रहनेछ। महत्त्वाकांक्षी योजनाले आकस्मिक यात्रा गराउन सक्छ। व्यावसायिक काममा आम्दानी बढ्नेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ।

सिंह राशि :-

मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। व्याहारिक समस्याले याेजना रोकिन सक्छ। कामकाे चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिन सक्छ।

कन्या राशि :-

अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला।

तुला राशि :-

साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्छ। दीर्घकालीन महत्त्वका काममा निर्णय लिन हतार नगर्नुहोला।  तत्काल योजना सार्वजनिक नगर्नुहोला।  सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। शुभचिन्तकहरूले साथ दिने हुँदा नसोचेको काम सम्पादन हुनेछ।

वृश्चिक राशि :-

सानोतिनो काममा सञ्चित रकम खर्चनुपर्ला। रचनात्मक काममा जुट्ने समय छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ।   व्यापारतर्फ हिसाबकिताबमा होसियार रहनुहोला।

धनु राशि :-

बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ।

मकर राशि :-

पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

कुम्भ राशि :-

आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। केही वस्तु त्याग्नुपरे पनि कर्जामार्फत धन जुट्नेछ। काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला। टाढाका साथीभाइले काममा साथ दिनेछन्।

मीन राशि :-

श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। सट्टापट्टा,  विभिन्न स्रोत-साधन जुट्नेछन् र धन संग्रह पनि हुनेछ। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।

 

यहाँ कमेन्ट गर्नुहोस्