उदयपुरमा गाँजा सहित एकजना पक्राउ

१३ असार उदयपुर । लागूऔषध गाँजा सहित एक जनालाई आज आईतवार  उदयपुरमा प्रहरीले पक्राउ गरेको छ । भोजपुर हचुवागडी गाउँपालिका ४ बस्ने सुजता मग्रातिलाई आज दिउसो २ बजे उदयपुर बेलकामा लागूऔषध गाँजा १ केजी सहित पक्राउ परेका हुन् ।

जेब्रा झोला भित्र प्लाप्टिकले बेरी लुकाई छिपाई ल्याउदै गरेको उक्त अवैध लागूऔषध गाँजा सहित फेला पारी बेलका नगरपालिका-८ अस्थाई प्रहरी पोष्ट कोठु उदयपुरबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा प्रहीले उनी पक्राउ गरेको जनाएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले बताएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्