मेष राशि :-
रोकिएको काम बन्नाले जिम्मेवारी पनि बढ्नेछ। केही विवादास्पद कामले अलमल्याउन सक्छ। आफ्नैमा अवसरवादीहरू फेला पर्नेछन् र आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि प्रयत्न गर्दा बिस्तारै उपलब्धि पाइनेछ।
वृष राशि :-
शुभचिन्तकहरू टाढिनेछन् भने काम बिग्रने भयले सताउनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ।
मिथुन राशि :-
न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। सानोतिनो समस्याले अल्झाउनेछ र स्वास्थ्य पनि प्रतिकूल रहनेछ। आकस्मिक समस्याले धनसमेत खर्च गराउन सक्छ। कमजाेरीका बाबजुद अरूका लागि समय खर्चनुपर्ला। काम बिग्रने भयले सताउनेछ।
कर्कट राशि :-
सुमधुर सम्बन्धका लागि बोली–व्यवहारमा विशेष ध्यान पुर्याउनुहोला। खानपान एवं मनोरञ्जनमा रमाउने समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ।
सिंह राशि :-
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। खानपान एवं मनोरञ्जनमा रमाउने समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। सुमधुर सम्बन्धका लागि बोली–व्यवहारमा विशेष ध्यान पुर्याउनुहोला।
कन्या राशि :-
गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। साँझतिर पहिलेकाे उल्झन समाप्त हुनेछ। मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ।
तुला राशि :-
टाढिएका आफन्त नजिकिनेछन्। परिवारजनको सहयोगले काम बनाउन भने सकिनेछ। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। साँझतिर केही अलमलमा परिएला । अध्ययन र व्यापारमा साेचेकाे प्रगति नहुन सक्छ।
वृश्चिक राशि :-
आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले व्यवहारमा निकै सजग रहनुहोला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। लगनशीलताले परिस्थिति सहज बनाउन भने सकिनेछ।साँझतिर काम बिग्रने भयले पनि सताउन सक्छ।
धनु राशि :-
आकस्मिक खर्च पनि बढ्न सक्छ।आत्मसम्मानका लागि बाेली–व्यवहारमा सावधान रहनुहाेला। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले दिगाे काम बन्न सक्छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ।
मकर राशि :-
घरमा बाेली र व्यवहारमा सजग रहनुहोला।अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। आलाेचकहरू बढ्नेछन्। अध्ययन र व्यापारमा पनि केही उल्झन आउन सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, सजग रहनुहाेला।
कुम्भ राशि :-
फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। बसाइको स्थानान्तरण अथवा यात्रा हुने सम्भावना छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।
मीन राशि :-
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।