धनकुटा उद्योग बाणिज्य संघद्धारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

१४ असार धनकुटा । धनकुटा उद्योग बाणिज्य संघले संघका पूर्व अध्यक्ष स्वर्गीय धर्मलाल श्रेष्ठको १२ औ दिनको पुण्य दिनमा धनकुटामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।
धनकुटा उद्योग बाणिज्य संघका पूर्व कोषाध्यक्ष यूवा समाजसेवी रोशेष श्रेष्ठको पिता तथा धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष वरिष्ठ समाजसेवी स्वर्गीय धर्मलाल श्रेष्ठको ११ औ पुण्य दिनमा धनकुटा उद्योग बाणिज्य संघले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी स्वर्गीय अध्यक्ष प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना पत्र समेत प्रदान गरेको हो ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,कार्यकारी सदस्यहरु अम्विका धमला,रेवती प्रसाद अधिकारी,यूवा व्यवावसायीहरु दिनेश राई,दिपन श्रेष्ठ,शिखर श्रेष्ठ,उर्गेन शाक्य,कार्यालय सचिव सिचन प्रधान,कर्मचारी मनिश श्रेष्ठ लगायतले धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष स्वर्गीय धर्मलाल श्रेष्ठको तम्विरमा फुल माला लगाई दिई श्रद्धाञ्जली अर्पणका साथ परिवारजनमा समवेदना व्यक्त गर्दै उहाको योगदानको वारेमा चर्चा गर्नु भएको थियो ।

सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले धनकुटा उद्योग बाणिज्य संघको तर्फबाट परिवारजनमा समवेदना पत्र प्रदान गर्नु भएको थियो । भने उनउत्थान वहुदेश्यीय सहकारी संस्था धनकुटाको तर्फबाट सहकारीका अध्यक्ष दिनेश राईले पनि परिवारजनमा समवेदना पत्र प्रदान गर्नु भएको थियो ।

श्वास प्रश्वास समस्याका कारण असार ३ गते ७९ बर्षको उमेरमा असमायिक निधन हुनु भएका वरिष्ठ समाज सेवी स्वर्गीय धर्म लाल श्रेष्ठले २०५८ साल देखी २०६३ साल सम्म दुई कार्यकाल धनकुटा उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित भई सफलतापूर्वक नेतृत्व प्रदान गर्नु भएको संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्