आलिया भट्टले भु पु प्रेमिको बारेमा खुलासा गरिन

असाढ़ १४ एजेन्सी___ बलिउड अभिनेत्री आलिया भट्ट फिल्महरूसँगै उनका नायक रणबीर कपूरसँगको प्रेम सम्बन्धलाई लिएर निकै चर्चामा रहन्छिन । आलिया सधैं उनको सम्बन्ध र आफ्नो मामिलामा बिन्दास रहीन ।

उनले रणबीरको अगाडि पनि धेरै पुरुषलाई डेट गरेकी थिइन । त्यस्तै एउटा डेटिङ्गको कुरा गर्दै कफी विद करणमा वर्षौं अघि आफ्नो कुरा गरेकी थिईन, उनको भु पु प्रेमीले भ्यालेन्टाइनको दिनमा राम्रो व्यवहार नगरेको कुरा उनले बताएकी थिईन ।


आलिया भट्ट अभिनेत्री परिणीति चोपडासँग कफी विद करणमा आएकी थिइन । दुबै अभिनेत्री अविवाहित रहेको बिषयमा कुरा गर्दै थिए। यस कुराकानीको क्रममा, आलियाले भनिन् कि उनले ‘नयाँ वर्षको अवसर’ र ‘भ्यालेन्टाइन डे’ लाई धेरै न रुचाएको भनेकि छन। यसको साथ, उनले भनिन कि उनको भ्यालेन्टाइन डेको आफ्नो अनुभव राम्रो थिएन ।


आलियाले भनिन्, ‘मेरो प्रेमीले मलाई भ्यालेन्टाइन डेमा बाहिर लगे, तर उनले मसँग पूरै समय कुरा गरेनन्। मलाई लाग्छ कि यो दिन यति खास छैन। ‘ जब करण र परिणीति आलियाको बारेमा बढी जान्न चाहन्थे, आलियाले भनिन्, ‘हामीले केही गरेनौ, हामी धेरै सानो थियौं, हामी बच्चा थियौं’। परिणीति हाँस्छिन् र भन्छिन्, “किन उनले तपाईंसँग कुरा गरेन किनभने तपाईंले केहि पनि गर्नुभएन”।


आलियाको बाल्यकालको प्रेम रोमान्टिक नहुन सक्छ तर आलिया रणबीरसँग निकै खुसी देखिन्छिन । एक पुरस्कार समारोहको समयमा सबैलाई धन्यवाद दिँदै, आलियाले आफ्नो इसारा रणबीरतिर गर्दै भनिन मनको कुरा गरिन्। “तपाईको कारण मेरो आँखामा चमक आउछ र मेरो मुस्कान छ, म तिमीलाई धेरै माया गर्छु”।

यहाँ कमेन्ट गर्नुहोस्