नेपालमा आज थप २४४४ जनामा कोरोना संक्रमण पुष्टि, ३८५३ जना निको भए

असाढ़ १४ काठमाण्डौ __ पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ६४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५०९ र एन्टिजेन विधिबाट ९३५ रहेका छन् ।

यही अवधिमा थप ३ हजार ८५३ जना निको भएका छन् भने थप ४२ जनाको मृत्यु भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्