कृषकहरुलाई मौरीको घार प्रदान

१५ असार इटहरी । इटहरी उपमहानगरपालिकाले मौरी पालक कृषकहरुलाई मौरीको घार प्रदान गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले इटहरी वडा नंं २,३,४ का मौरी पालन गर्ने फम तथा कृषकलाई ६१ वटा घार वितरण गर्नुभयो । उपमहानगरपालिकाको ७५ प्रतिशत अनुदानमा घार वितरण गरिएको हो ।

कृषक समूह र फर्म हरुलाई मौरी पालन ब्यबसायमा थप सहयोग पुगोस भन्ने उदेश्यले घार प्रदान गरिएको इटहरी उपमहानगरपालिका कृषि शाखा प्रमुख गंगामाया अघिकारीले जानकारी दिनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्