धनकुटा १५ असार, नेपाली कांग्रेस धनकुटाले आज धनकुटाको पाख्रिवास स्थित मुगाको राम्चेमा हालै निधन हुनु भएका जिल्ला सचिव कृष्ण थापाको सम्मानमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।
धनकुटा कांग्रेसका जिल्ला सचिव कृष्ण थापाको सवारी दुर्घट्नामा परी असार ६ गते असमायिक निधन भएकोमा आज १० औ पुण्यं दिन नेपाली कांग्रेस धनकुटाले श्रद्धाञ्जली कार्यक्रमको अयोजना गरेको हो । नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्यहरु गोर्ख वहादुर पिठाकोठे,निलम थापा,महासमिति सदसय मिन वहादुर कार्की,नेपाल महिला संघ धनकुटाका जिल्ला उपाध्यक्ष अम्विका धमला,नेपाल तरुण दल धनकुटका जिल्ला उपाध्यक्ष,यूवराज पराजुली,क्षेत्रिय सदस्यहरु ज्योती गुरुग,गंगा गुरुग,तरुण नेताहरु मदन घिमरिे,सन्तोकी गुरुग,मिनराज गुरुग लगायतका नेताहरुले जिल्ला सचिव स्वर्गीय कृष्ण वहादुर थापाको तम्विरमा माल्यपर्ण गर्दै उहाको योगदानका वारेमा चर्चा गर्दै श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नु भएको थियो ।
सो अवसमार नेपाली कांग्रेसका सहमहामन्त्री पूर्व मन्त्री सुनिल वहादुर थापा,नेपाली कांग्रेस धनकुटाका जिल्ला समिति र नेपाल महिला संघ धनकुटाको तर्फबाट परिवारजनमा समवेदना पत्र प्रदान गर्नु भएको थियो ।
यसैगरी नेपाली कांग्रेस पाख्रिवासका नगर कार्य समितिका सभापती प्रेम भणडरी नेपाली कांग्रेस पाख्रिवास नगपालिका वडा नं. १ का सभापती डिल्ली पाण्डे,वडा नं. २ का सभापती धन वहादुर मगर,वडा नं. ३ का सभापती चन्द्र लिम्बु,वडा नं. ४ का सभापती श्याम प्रकाश राई,वडा नं. ५ का सभापती भीम खड्का ,वडा नं. ६ का सभापती राम प्रसाद दाहाल,वडा नं. ७ का सभापती पूर्ण वहादुर राई,वडा नं. ८ का सभापती गजेन्द्र राई समेत परिवारजनमा समवेदना पत्र वडा सभापतीहरुले जिल्ला सचिव स्वर्गीय कृष्ण थापाको परिवारजनमा प्रदान गर्नु भएको थियो ।