देशका अधिकांश ठाउँमा ठूलो वर्षा : सतर्कता अपनाउन आग्रह

असाढ़ १६ काठमाडौं__ आजदेखि देशभरि मनसुन सक्रिय बनेको छ । मौसम पूर्वानुमान महाशाखाले आजबाट मनसुनी न्यून चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले मनसुन सक्रिय भई देशको प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

‘उक्त प्रदेशहरूका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाको विशेष बुलेटिनमा भनिएको छ।

आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका अधिकांश् क्षेत्रमा वर्षा भइरहेको छ । आज प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । यता भारी वर्षाका कारण नेपालका साना तथा ठूला नदीहरूमा पानीको बहाब बढ्दो छन् ।स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा दिउँसोसम्म सतर्कता अपनाउन आग्रह छ ।

यहाँ कमेन्ट गर्नुहोस्