भिरबाट लडेर २ जनाको मृत्यु

०६ जेठ उदयपुर । उदयपुर र सोलुखुम्बुको दुई छुट्टाछुट्टै स्थानमा भिरबाट लडेर २ जनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका-८ मरुवाखानी बस्ने २९ बर्षीया गिता बि.क.को घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको छ । बुधवार साँझ ६ बजेको समयमा मरुवाखानीको जंगलमा घाँस काट्ने क्रममा अचानक भिरबाट लड्दा बि.क.को घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ । यसैगरीसोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-५ का २८ बर्षीय सिताराम बस्नेतको स्थानीय उत्तिसे भिरबाट लडेर मृत्यु भएको हो । बुधवार दिउँसो गाई बस्तु चराउन गएका केही स्थानीयहरुले बस्नेतलाई भिर मुनी मृत अवस्थामा देखी प्रहरीलाई खबर गरे संगै ईलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी टोली खटी गई घटना सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्