उदयपुरमा लागुऔषधसहित २ जना पक्राउ

०७ जेठ उदयपुर । उदयपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  त्रियुगा न.पा.७ धरमपुर बस्ने १९ वर्षीय अमिर खड्का र २० वर्षीय सुरज कार्कि रहेका छन् ।

उनिहरुलाई सोही ठाउँमा शंकास्पद अबस्थामा हिड्दै गरेको र शंकालागी चेकजाँच गर्ने क्रममा लागु औषध फेला परेपछि पक्राउ गरिएको थियो ।

उनिहरुको साथबाट PHENERGAN १२ एम्पुल, NOOPHIN १२ एम्पुल र DIAZELAB १२ एम्पुल गरी जम्मा ३६ एम्पुल लागु औषध बरामत भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

कार्यालयका अनुसार त्रियुगा न.पा.७ धरमपुरमा लागु औषधको कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा थप अनुसन्धानका लागि राखिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्