स्वर्ण जितेपछि भारतका निरज चोपडालाई नगद पुरस्कारको ओइरो

साउन २४ एजेन्सी ____ टोकियो ओलम्पिकमा भारतका एकमात्र स्वर्ण पदक विजेता निरज चोपडालाई नगद पुरस्कारको ओइरो लागेको छ । ज्याभलिन थ्रोतर्फको स्वर्ण जितेका २३ वर्षीय चोपडालाई धमाधम नगद पुरस्कारको घोषणा हुन थालेको छ । पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले २ करोड भारुको घोषणा गरेका छन् ।

हरियाणा राज्यको पानीपतस्थित खान्द्रा गाउँमा जन्मिएका चोपडा भारतीय सेनामा कार्यरत छन् । हरियाणाका मुख्यमन्त्री एम एल खट्टरले ६ करोड नगद पुरस्कार पाउने बताइसकेका छन् । भारतको क्रिकेटसम्बन्धी संस्था बीसीसीआईले १ करोड नगद पुरस्कार घोषणा गरिसकेको छ ।

चेन्नाई सुपर किंग्सले पनि एक करोड भारुको घोषणा गरेको छ । हवाई कम्पनी इन्डिगोले एक वर्षको निशुल्क यात्राको घोषणा गरेको छ । भारत सरकारबाट भारु ७५ लाख, मणिपुर सरकारबाट १ करोड, इन्डियन ओलम्पिक एशोशिएसनबाट ७५ लाख र इलान रिएल्टी ग्रुपबाट २५ लाखको घोषणा भइसकेको छ । उनलाई झण्डै १३ करोड भारु पुरस्कारको घोषणा भइसकेको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्