बाराको कलैयामा निषेधाज्ञाको पालना गराउन प्रशासन असफल

जेष्ठ १० कलैया __ अहिले देशैभरि कोरोना महामारी फैलन नदिन सरकारी नीतिअनुसार स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेका छन् । निषेधाज्ञाको उद्देश्य संक्रमण दरको नियन्त्रण गर्नु नै हो । तर, बारा सदरमुकाम कलैयामा निषेधाज्ञाको पालना गराउन बारा प्रशासन असफल भएको छ ।

कोरोना संक्रमण तीब्र गतिमा बढ्न थालेपछि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञा लगाए । तर बजारमा देखिएको चहल–पहलले निषेधाज्ञा अन्त्य भएको जस्तो लाग्छ ।बजार क्षेत्रका अधिकांश पसल खुल्न थालेका छन् ।

सडकमा सिटी रिक्सा यात्रु ओसार्न सुरु गरिसके । बजार मा कपडा पसल, मिठाई, र फलफूल पसलहरुमा विभिन्न समान बेच्दा न व्यवसायीले स्वास्थ्य मापदण्ड अपनाएको देखिन्छ, न सेवाग्राही अर्थात् सर्वसधारण जनता सचेत देखिन्छन् । प्रहरीले पक्रिन छाडेपछि त मास्क प्रयोग नगर्नेको संख्या बढ्न थालेको छ ।

गृह मन्त्रालयले शनिवार मात्र ७७ वटै जिल्ला प्रशासन र सुरक्षा निकायलाई पत्राचार गर्दै ‘जनतालाई घरबाट निस्किनै नदिनू’ भनेर निर्देशन दिएको थियो । तर, बारामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न स्थानीय प्रशासनले कुनै चासो देखाएका छैन । यस विषयमा कुनै संबंधित निकायको ध्यान नगएको देखिन्छ स्थानियले गुनासो पोखेका छन ।

बाराकाे छिमेकि जिल्ला पर्साकाे बिरगञ्ज कोरोनाको हटस्पट बनेको छ । अहिले कलैया उपमहानगरमै करिब बाह्र सय कोरोनाका सक्रिय संक्रमित छन् । र उनीहरु घरमै छन् । स्वास्थयकर्मीले निगरानी नगर्दा कतिपयले त घुमफिर पनि गर्छन् । यस्तो बेला बजारमा देखिन थालेको भीडभाडले बारामा कोरोनाले भयावह रुप लिने देखिन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्