प्रधानमन्त्री ओलीको कदमविरुद्ध १४६ जना सांसदद्वारा सर्वोच्च अदालतमा रिट निवेदन दायर

जेष्ठ १० काठमाडौं__ प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन गर्ने र प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई पुनः नियुक्त गर्ने कदमविरुद्ध पाँच दल सम्मिलित विपक्षी गठबन्धनका १४६ जना सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।

बहुमत सांसदको तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेताद्ववय माधवकुमार नेपाल र झलनाथ खनाल तथा जनता समाजवादी पार्टीका नेताद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले रिट निवेदन दायर गरेका हुन्।

रिट निवेदकमा पाँच जना त पूर्वप्रधानमन्त्री छन्। रिट निवेदन दर्ता गर्न देउवालाई समर्थन गर्ने सबै सांसद सर्वोच्च अदालत पुगेका थिए। रिट निवेदनमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, प्रतिनिधिसभाका सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ।

रिट निवेदकले मुद्दाको किनारा नलागेसम्म निम्न माग गरेका छन्–

– मन्त्रिपरिषद्‌को सिफारिसका आधारमा मिति २०७८/२/८ गते प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको निर्वाचन मिति २०७८/७/२६ गते र २०७८/८/३ गते गर्ने गरी राष्ट्रपतिबाट गरिएको निर्णय तत्काल कार्यान्वयन नगर्नू, नगराउनू।

– प्रतिनिधिसभाको निर्वाचनको मिति २०७८/७/२६ गते र २०७८/८/३ गते गर्नेगरी तोकिएको र हाल कोभिड महामारीविरुद्ध देश नै प्रभावित हुँदा निर्वाचनका कार्यक्रम अगाडि बढाइएमा त्यसले महामारी डरलाग्दो गरी फैलिन सक्ने भएकाले समेत विपक्षी निर्वाचन आयोगलाई निर्वाचनका कुनै गतिविधि नगर्नू नगराउनू र निर्वाचन कार्यक्रम समेत प्रकाशित नगर्नू, नगराउनू।

– प्रतिनिधि सभाको बहुमत सदस्यको समर्थन प्राप्त प्रतिनिधि सभाका सदस्य रिट निवेदकमध्येका शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नु र संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको विश्वासको मत लिने प्रबन्ध मिलाउनू।

– २०७८ साल जेठ १५ गते अनिवार्य रूपमा बजेट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था भएकोले प्रतिनिधि सभा बोलाउने प्रबन्ध गर्नू।

– संविधानको धारा ७६ (५) बमोजिम नियुक्ति हुने प्रधानमन्त्रीका लागि समर्थन गरेको आधारमा प्रतिनिधि सभाका सदस्यलाई दल त्याग गरेको भनी कुनै कारबाही नगर्नू, नगराउनू।

– आर्थिक वर्ष २०७८/०७९ को राजस्व र व्ययको अनुमानको विवरण पनि अध्यादेशमार्फत् सार्वजनिक नगर्नू।

– प्रत्यर्थी प्रधानमन्त्रीको नेतृत्वमा रहेको वर्तमान कामचलाउ मन्त्रिपरिषद्‌बाट कुनै पनि दूरगामी महत्त्वका काम (कारबाही वा नीतिगत निर्णय नगर्नू भन्ने आदेश।
रिट निवेदनका मुख्य बुँदा

– संविधानको धारा ७६ को उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले अन्ततः प्रतिनिधिसभा बाट विश्वासको मत प्राप्त गर्नुपर्ने नै हुन्छ र त्यसरी नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा मात्र निजले प्रतिनिधिसभा विघटनको सिफारीस गर्न सक्छ। संविधानको धारा ७६ (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्न सक्दैन।

– प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी संविधानतः असङ्गत छ। त्यसको तुलना स्पष्ट बहुमतसहित प्रस्तुत भएको शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरियोस् भन्ने दाबी तुलना गर्न सकिन्न।

– यसअघि पनि प्रतिनिधि सभाको विघटन गरेका र अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएपछि समेत खुलेआम विघटनको पक्षमा र अदालतको आदेश बर्खिलाप सार्वजनिक रूपमा बोल्दै आएका विघटन उन्मुख र विघटन उद्धत प्रधानमन्त्रीको गठमेलमा परी शेरबहादुर देउवालाई आफ्नो बहुमत भएको आधार प्रस्तुत गर्ने अवसरबाट समेत वञ्चित गरी भएको निर्णय दुराशयपूर्ण छ।

– कुनै प्रतिनिधिसभा सदस्यले बहुमत छ भनेर दाबी गरिसकेपछि उसको दाबी पुग्छ वा पुग्दैन भनी जाँच गर्ने कुरा संसदीय विशेषाधिकार हो। यो अधिकार अहरणीय, अपृथकीय र अवशिष्ट प्रकृतिको रहेको छ। यो विशेषाधिकार को हनन यो वा त्यो कुनै बहानामा गर्न मिल्दैन, पाइँदैन। अतः यसमा सम्मानित अदालतको न्यायिक हस्तक्षेप अनिवार्य छ।

– लोकतान्त्रिक व्यवस्थामा यसका आधारभूत मूल्य र मान्यताविपरीत प्रमुख राजनीतिक दलहरूका गतिविधि प्रतिनिधि सभाको भूमिकालाई छली षड्यन्त्रमूलक ढङ्गबाट प्रतिनिधि सभा विघटन गर्ने कार्यले संसदीय लोकतान्त्रिक प्रणालीमाथि नै गम्भीर प्रहार गरेको छ। अतः संविधानको भावना, मूल्य र मान्यतालाई अक्षरशः पालना नै नगरी प्रतिनिधिसभा विघटन गर्ने र चुनावको मिति तोक्ने प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटन गर्ने कार्य अलोकतान्त्रिक एवं असंवैधानिक रहेको छ।

यी हुन् हस्ताक्षर गर्ने सांसद

शेरबहादुर देउवा
पुष्पकमल दाहाल ‘प्रचण्ड’
माधवकुमार नेपाल
झलनाथ खनाल
उपेन्द्र यादव
दुर्गा पौडेल
डा. बाबुराम भट्टराई
शंशाक कोइराला
प्रकाशमान सिंह
बालकृष्ण खाण
देव प्रसाद गुरुङ
पुष्पा भुषाल गौतम
अतहर कमाल मुसलमान
अभिषेकप्रताप शाह
डा. अमरेशकुमार सिंह
उमा रेग्मी
उमाकान्त चौधरी
उमेश श्रेष्ठ
कर्मा घले
किशोर सिंह राठौर
गगनकुमार थापा
चित्रलेखा यादव
जीप छिरीङ लामा
डा. डिला संग्रौला (पंत)
तेजुलाल चौधरी
दिलेन्द्र प्रसाद वडू
दिव्यमणि राजभण्डारी
देवप्रसाद तिमिल्सीना
देवेन्द्रराज कण्डेल
नमिता कुमारी चौधरी
नागेन्द्र कुमार राय
लालकाजी गुरुङ
डा. नारायण खड्का
स्मृती नारायण चौधरी
पद्म नारायण चौधरी
सुजाता परियार
पार्वता डि.सि. चौधरी
प्रकाश रसाइली स्नेही
प्रदीप गिरी
प्रमिला राई
प्रमोदकुमार यादव
बहादुर सिंह लामा
भरतकुमार शाह
भीमसेनदास प्रधान
महेन्द्र कुमारी लिम्बु
मान बहादुर विश्वकर्मा
डा. मिनेन्द प्रसाद रिजाल
मिना सुब्बा
मीन वहादुर विश्वकर्मा
मीना पाण्डे
मीनाक्षी झा
मोहन आचार्य
मोहन प्रसाद पाण्डे
राजेन्द्रकुमार के.सी.
रामबहादुर विष्ट
रंगमती शाही
लक्ष्मी परियार
विनोद कुमार चौधरी
विमला नेपाली
सञ्जयकुमार गौतम
सत्यनारायण शर्मा खनाल
सर्वत आरा खानम हलुवाइनी
सिताराम महतो
सीतादेवी यादव
सुजाता कोइराला
सुवर्ण ज्वारचन
हिरा गुरूङ
ज्ञानेन्द्रबहादुर कार्की
मोहमद इस्तियाक राई
प्रदिप यादव
रामबाबु कुमार यादव
लिला सिटौंला
राम सहाय प्रसाद यादव
डा. सुरेन्द्र यादव
सर्य नारायण यादव सुरज
महेन्द्र राय यादव
राजेन्द्र श्रेष्ठ
भीमबहादुर रावल
सुरेन्द्र प्रसाद पाण्डे
घनश्याम भुषाल
मुकुन्द न्यौपाने
यज्ञराज सुनुवार
भवानी प्रसाद खातुन
सोमप्रसाद पाण्डे
बिरोध खतिवडा
जीवनराम श्रेष्ठ
कृष्णलाल महर्जन
झपट बहादुर रावल
मेटमणी चौधरी
कल्याणी कुमारी खड्का
लक्ष्मी कुमारी चौधरी
सरला कुमारी यादव
निरा देवी जैरु
कलिला खातुन
रामकुमारी झाक्री
पुष्पाकुमारी कर्ण कायस्थ
दिपप्रकाश भट्ट
नारायण प्रसाद खतिवडा
अञ्जना विशंखे
अमनलाल मोदी
अमृता थापा
इन्दु कुमारी शर्मा
दुर्गा बहादुर रावत
कमला रोक्का
कृष्ण बहादुर महरा
गंगा बहादुर तामाङ
गजेन्द्र बहादुर महत
गिरिराजमणि पोखरेल
चक्रपाणी खनाल
चाँदतारा कुमारी
चुडामणी खड्का
छक्क बहादुर लामा
जर्नादन शर्मा
जयपुरी घर्ती
टेकबहादुर बस्नेत
दिल कुमारी शाह
दुर्गा कुमारी वि.क.
दुर्गा बहादुर रावत
देवप्रसाद गुरुङ
देवेन्द्र पौडेल
धर्मशिला चापागाँई
पम्फा भुसाल
पुर्ण कुमारी सुवेदी
वोधकुमारी यादव
महेश्वर गहतराज अथक
मातृका प्रसाद यादव
यशोदा गुरुङ सुवेदी
रामकुमारी चौधरी
रामेश्वर राय यादव
रेखा शर्मा
बर्षमान पुन
बिना मगर
शक्ति बहादुर बस्नेत
शशी श्रेष्ठ
शिव कुमार मण्डल
श्याम कुमार श्रेष्ठ
सत्य पहाडी
सन्त कुमार थारु
सुदन किराँती
सुरेन्द्र कुमार कार्की
सुरेश कुमार राई
सुरेशचन्द्र दास
हरिबोल प्रसाद गजुरेल
हरिराज अधिकारी
हितबहादुर तामाङ
हेमकुमार राई

यहाँ कमेन्ट गर्नुहोस्