कृशला चौधरीको हत्यामा संलग्न दुईजना पक्राउ

३२ साउन उदयपुर । उदयपुरकी कृशला चौधरीको हत्यामा संलग्न दुई जनालाई प्रहरीले आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । घटनामा संलग्न सप्तरीको सुरुङगा नगरपालिका वडा नं १ बस्ने २७ बर्षिय उचित लाल सदा र २३ बर्षिय विषे सदालाई पक्राउ पश्चात प्रहरीले सार्वजनिक गरेको हो ।

साउन १३ गते देखि हराएकी चौधरीको राजदेवी सामुदायीक वन रातमाटे खहरे खोलामा लाश विभत्स अबस्थामा फेला परेको थियो ।

प्रहरीेले कृशलाका वुवा प्रेम कुमार चौधरीलाई श्रावण २० गते खवर गरे पछि जिल्ला अस्पताल उदयपुरको शव गृहमा रहेको लाश आफ्नो छोरीको भनी जानकारी गराए थिए । प्रहरीको विशेष टोलीले आधुनिक प्रविधिको प्रयोग गरी विभिन्न अनुसन्धानको पाटाहरुमा समेत प्रयोग गरी १०० जना भन्दा बढि व्यक्तिहरु संग सोधपुछ, सामाजिक संजालको प्रयोग, घटनास्थलको अवलोकन मृतक परिवार संगको सोधपुछ लगायतको आधारमा अपराधि सम्म पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक सुबासचन्द्र बोहोराले जानकारी दिनु भयो ।

बोहोराका अनुसार कृशला र उचित सदाको श्रीमती साथी साथी रहेको र कृशलाकै कारण आफ्नो घरबार बिग्रिएको कारण बदला स्वरुप कृशलाको हत्या गर्ने निर्णयमा आफुहरु पुगेको प्रहरीलाई बयान दिएको छ ।

पहिलो घरबार बिग्रिएको सदाको दोस्रो श्रीमती कृशलाको साथी रहेको र सो घरबार बिग्रिनुमा कृशलाको हात रहेको भन्दै कृशलाका हत्या गरेको सदाले प्रहरी बयानमा उल्लेख गरेको छ । कृशला र आफ्नो श्रीमती पहिल्य बाटै साथी रहेको सदाले प्रहरीलाई बयान दिएको छ ।

साउन १३ गते ३ बजे देखि कृशला सँगै रहेको उनिहरुले सोहि दिन करिब रातको साढे १० बजेतिर हत्या गरी राजदेवी सामुदायीक वन रातमाटे खहरे खोलामा ढुंगाले पुरेको उचित लाल सदाले प्रहरी बयानमा बताएको प्रहरीले जनाएको छ ।

१३ गतेकै दिन हत्या गरेको र साउन १९ गते मात्र कृशलाको लाश सडिएको अवस्थामा फेला पारेपछि प्रहरीले हत्यारा पत्ता लगाउन अनुसन्धान सुरु गरेको थियो । प्रहरीका अनुसार कृशला हत्यामा सामाजिक संजाल तथा बाहिरि हल्ला जस्तो बलत्कार, एसिडको प्रयोग भएको भन्ने कुरामा पोष्टमार्ट रिपोर्टमा पुष्टि नभएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्