१२ जेठ धनकुटा । धनकुटा जिल्ला सदरमुकाममा रहेको कोभिड अस्पतालमा कोरोना संक्रमित विरामीहरुको राम्रो उपचार भैरहेको,अवोलकन पछी धनकुटा उद्योग बाणिज्य संघ सहितको टोलीले जनाएको छ । धनकुटा अस्पतालको आकस्मिक कोभिड कक्ष र कोभिड अस्पतालको प्रत्यक्ष अवलोकन पछी धनकुटा उद्योग बाणिज्य संघको टोलीले धनकुटामा कोरोना संक्रमित विरामीहरुको उपचार उत्कृष्ट ढंगबाट भैरहेको वताएका छन ।
धनकुटा अस्पतालका प्रमुख डा.पुजन विश्वकर्माको नेतृत्वमा स्थापना भएको धनकुटा अस्पतालको कोभिड आकस्मिक कक्ष र धनकुटा कोभिड अस्पताल आद्योगिक ग्राममा उहाकै नेतृत्वमा कोरोना संक्रमितहरुको राम्रो ढंगबाट उपचार भैरहेको त्यहा उपचारत कोरोना संक्रमितहरु र संक्रमितहरुको भिजिटरहरुले वताएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।
तिन हप्ता अघि स्थापना भएको धनकुटा कोभिड अस्पताल र तिन दिन अघि धनकुटा अस्पतालमा स्थापना भएको कोभिड आकस्मिक कक्षबाट ५० जना कोरोना संक्रमितहरु उपचार गरी निको भई घर गईसकेको धनकुटा अस्पताल प्रमुख डा.पुजन विश्वकर्माले वताउनु भयो ।
डां पुजन विश्वकर्माका अनुसार अहिले धनकुटा कोभिड अस्पताल औद्योगिक ग्राममा १० जना र धनकुटा अस्पतालको कोभिड आकस्मिक कक्षमा ६ जनाको अक्सिजन सहित उपचार भैरहेको छ ।
धनकुटा जिल्लामा सयौको सख्यामा कोरोना संक्रमित हुदै आएता पनि जटिल खालका र अक्सिजन लगाउनु पर्ने संक्रमित विरामीहरुको मात्र अस्पतालमा भर्ना गरी उपचार गर्दै आएको समेत धनकुटा अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माले वताउनु भयो । अन्य संक्रमित हरु भने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको परार्मशमा होम आईशोलेसनमानै उपचार गरिरहनु भएको छ ।
धनकुटा जिल्लामा दोस्रो लहरको कोरोना संक्रमण फैलिदै गएपछि अहिले सम्म ५सय ८० जना कोरोना संक्रमित भैसकेको र अधिकांश अहिले घरमानै होम आईशोलेसनमा रहेर उपचार गरीरहेको धनकुटा स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले वताउनु भयो ।
धनकुटा अस्पतालका प्रमुख डा.पुजन विश्वकर्मा कै सक्रियता र नेतृत्वमा तिन हप्ता अघि धनकुटा कोभिड अस्पताल स्थापना गरिएकोमा जटिल खालका संक्रमितहरु पनि उपचारका लागी आउन थालेपछि उहाकै सक्रियतामा धनकुटा अस्पतालमानै आकस्मिक कोभिड कक्ष स्थापना गरी सहज रुपमा उपचार भैरहेको छ । कोरोनाबाट बचाउन धनकुटा अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माको कोरोना संक्रमितहरुको उपचार गर्ने यस धनकुटाूर्ण अभियानलाई आ आफ्नो क्षेत्रबाट सहयो गर्न समेत धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले सवैलाई अनुरोध गर्नु भएको छ ।
धनकुटा अस्पतालका प्रमुख डा।पुजन विश्वकर्माको नेतृत्वमा धनकुटा अस्पतालका चिकित्सक तथा स्वास्थयकर्मीहरुले यतिबेला चौविसै घण्टा धनकुटा कोभिड अस्ताल र कोभिड आकस्मिक कक्ष धनकुटामा जिवनलाई जोखिममा राख्दै साहसका साथ विरामीहरुलाई उच्च मनोमल दिदै उपचार गरिरहनु भएकोले सवै कोरोना संक्रमित बिरामीहरु निको हुदै गएकोले सवैले उहाहरुको उच्च प्रशसा गर्न थालेका छन ।