जेष्ठ १२ काठमाडौं__ नेकपा एमालेले आज १२ जना नेताहरुलाई स्पष्टिकरण पठाउने भएको छ। सोमबार बसेको स्थायी कमिटीको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १२ जना सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो।
तर दुई दिनसम्म प्रक्रिया अघि बढाएको थिएन। पार्टी केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले आज सांसदहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल,सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, नारायण खतिवडा, सुरेन्द्र पाण्डे, मेटमणी चौधरी, यज्ञ सुनुवार, भवानी खापुंग, दिपकप्रकाश भट्ट र विरोध खतिवाडालाई पत्र पठाउन लागेकाे बताए ।
उनीहरुले २४ घण्टाभित्र त्यसको जवाफ दिनुपर्नेछ। बैशाख १० गतेको बैठकले माधव नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो।
यहाँ कमेन्ट गर्नुहोस्