उदयपुरमा संक्रमितको संख्या ११७ पुग्यो

बेलकामा थप एक जना कोरोना संक्रमित

२७ भाद्र २०७७, शनिबार
उदयपुर । उदयपुरमा शनिबार थप एक जनामा कारोना संक्रमण पुष्टि भएको छ । संक्रमित व्यक्ति बेलका नगरपालिका ९ बस्ने ३९ वर्षको पुरुष रहेका छन् । भारतको दिल्लीबाट भदौं १५ गते आएर क्वारेन्टाइनमा बसेका थिए ।
स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार उनको तीन दिन अघि स्वाव संकलन गरी परिक्षण गरिएको थियो ।
यो संगै उदयपुरमा कोरोना संक्रमित हुनेको संख्या १ सय १७ जना पुगेको छ ।
हालसम्म त्रियुगा नगरपालिकामा ६९ जना, बेलका नगरपालिकामा ३४ जना, कटारी नगरपालिकामा ७ जना, चौदण्डीगढी नगरपालिकाका २ जना, उदयपुरगढी गाउँपालिकाका २ जना र ताप्ली गाउँपालिकाका ३ जना कोरोना संक्रमित पुगेका छन् ।
नयाँ संक्रमित सहित उदयपुर कोभिड १९ अस्पतालमा ६ जना र होम आइसोलेशनमा एक बालिकाको उपचार भईरहेको छ

यहाँ कमेन्ट गर्नुहोस्