आईपीएलमा चितवनको लगातार दोस्रो जित

असोज १४ काठमाण्डौ ___ एभरेष्ट पि्रमियर लिग (ईपीएल) क्रिकेटमा चितवन टाइगर्सले लगातार दोस्रो जित हात पारेको छ ।  बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा चितवनले काठमाडौं किङ्ग्स ११ लाई ३ विकेटले हराएको हो । काठमाडौंले दिएको १४२ रनको लक्ष्य चितवनले अन्तिम ८ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो ।

उसका लागि राजेश पुलामीले २६, दिलिपनाथ र कमल सिंह ऐरीले २३/२३ रन बनाए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १४१ रनज बनाएको थियो । उसका लागि सुवास खकुरेलले ३५, राजु रिजालले २८ र जनक प्रकाशले २६ रन बनाएका थिए ।चितवनका सागर ढकालले ४ ओभरमा २१ रन खर्चिएर ४ विकेट लिए ।

यहाँ कमेन्ट गर्नुहोस्