भारत साफ च्याम्पियनसिपको फाइनलमा, उपाधीका लागि नेपालसँग प्रतिस्पर्धा

असोज २८ काठमाण्डौं ___ भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको भएको समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–१ गोल अन्तरले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो । फाइनलमा प्रवेश गरेसँगै अब नेपाल र भारतबीच उपाधि भिडन्त हुने भएको छ ।

यस अघि बुधबार नै भएको आफ्नो समूह चरणको अन्तिम खेलमा नेपाल फाइनलमा प्रवेश गरेको थियो । बंगलादेशसँग १–१ को बराबरी खेलेको नेपाल अंक तालिकाको आधारमा फाइनलमा प्रवेश गरेको थियो । अब फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८ः ४५ बजे हुनेछ ।

यसअघि समूह चरणको खेलमा नेपाल १-० गोलले भारतसँग पराजित भएको थियो । भारत ८ अंकसहित अंक तालिकाको शिर्ष स्थानमा छ भने नेपाल ७ अंकसहित दोस्रो स्थानमा छ ।

यहाँ कमेन्ट गर्नुहोस्