रेफ्रीलाई टाउकोमा लात्ती हान्ने फुटबल खेलाडीलाई दुई वर्ष प्रतिबन्ध

कार्तिक ३ काठमाण्डौ___गत महिना एक खेलको दौरान रेफ्रीमाथि आक्रमण गरेर उनको टाउकोमा लात्ती प्रहार गर्ने ब्राजिलका फुटबल खेलाडीलाई २ वर्षका लागि प्रतिबन्ध लगाउने निर्णय गरिएको छ । पहेँलो कार्ड देखाएको मामिलामा भएको आक्रमणपछि रेफ्री रोड्रिगो क्रिभेलारो अस्पताल नै भर्ना हुनुपरेको थियो । स्पोर्ट क्लब साउ पाउलोले विलियम रिबेरियोको करार रद्द गरिसकेको छ । अब उनी व्यावसायिकरुपमा सन् २०२३ सम्म खेल्न नपाउने भएका छन् । यसले सम्भवतः ३० वर्षीय खेलाडीको करियरमा नै पूर्ण विराम लगाएको छ ।

 

गुआरानी–आरएसविरुद्ध रिबेरियोले फल हानेपछि रेफ्री क्रिभेलारोले पहेँलो कार्ड देखाएका थिए । त्यसपछि रिबेरियो रेफ्रीमाथि नै खनिन पुगेका थिए । पहिले उनले रेफ्रीलाई मुक्का हानेका थिए । त्यसपछि रेफ्री भुइँमा लडेपछि उनको टाउकोमा लात्ता हानेका थिए । क्रिभेलारोले मैदानमा उपचारपछि अस्पताल लगिएको थियो ।

 

घटनापछि आफूले गल्ती गरेको भन्दै रिबेरियोले माफी मागेका छन् । ‘मैले जे गरेँ, त्यो सही थिएन । त्योबेला मैले केही सोच्नै सकिनँ । म मनोवैज्ञानिक उपचारमा पनि जाने सोचिरहेको छु,’ उनले भनेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्