धारीलो हतियार प्रयोग गरी उदयपुरमा एक महिलाको हत्या

हत्या आरोपमा एक पक्राउ

२७ भाद्र २०७७, शनिबार
कटारी । उदयपुरको कटारी नगरपालिका वडा न. ११ हर्देनीमा एक महिलाको धारीलो हतियार प्रयोग गरी हत्या भएको छ । हत्या हुनेमा ४२ वर्र्षीया डोरकुमारी राउत रहेको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।
उनको हत्याको आरोपमा स्थानीय २५ वर्षे रोशन मगरलाइ प्रहरीले पक्राउ गरेको जनाएको छ । डिएसपी भण्डारी क्षेत्रीका अनुसार मृतक महिलाको टाउकोमा खुकुरी प्रहार भएको जनाइएको छ ।
के कारणले हत्या भएको हो खुल्न सकेको छइन भने हत्याको आरोप लागेका मगरले लागूऔषध सेवन गरी लठ्ठिएर हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । हाल शव पोष्टमाटमको लागि कटारी अस्पताल ल्याइएको छ भने घटना सम्बन्धि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्