क्रिकेट टी २०ः ५ वर्ष ७ महिनापछि आज मैदानमा भारत पाकिस्तान

कार्तिक ७ काठमाण्डौ___ भारत भर्सेस पाकिस्तान । क्रिकेट मन पराउनेका लागि यो खेल विशेष हुने गरेको छ । अझ पाकिस्तान र भारतमा त यस्तो खेल हुनुभन्दा अगाडि नै ठूलो उत्सव आएको जस्तै नै हुन्छ । यसपटक विश्वकप टी २० मा यो खेल हुनु हुँदैन भनेर भारतका केही नेताहरुले समेत आवाज उठाएका थिए ।

 

तर, विश्वकप प्रतियोगितामा यी दुई देश एकआपसमा नखेल्ने भन्ने कुरै भएन । आज साँझ नेपाली समयअनुसार सवा सात बजे २०४५ दिनपछि टी २० फम्र्याटमा यी दुई देश एकअर्कासँग खेल्दैछन् । इतिहासलाई हेर्ने हो भने टी २० फम्र्याट भारतसँग खेल्दा पाकिस्तानका लागि खासै सुखद हुन सकेको छैन । पाकिस्तानले यसअघि भारतसँग खेलेका पाँचै वटा टी २० मा पराजय भोगेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्