लहानका घुमुवाले निर्दोष युवकलाई पक्राउ गर्न खोज्दा तनाव !

२७ भाद्र २०७७, शनिबार
ईलाका प्रहरी कार्यालय लहानद्वारा खटाईएका घुमुवा प्रहरीमाथि सप्तरीको बलानबिहुल गाउँपालिकाका स्थानीयले हातपात गरेका छन् ।

फरार अभियुक्त पक्राउ गर्न खटिएका घुमुवा प्रहरीले निर्दोषलाई हथकडी लगाउन खोज्दा बलान बिहुलमा पर्ने दिघियाका स्थानीयले प्रतिकार गरेका हुन् । भगवानपुरबाट बलान नदी पारगरी सप्तरीको दिघिया नजिक पुगेका घुमुवाहरु त्यहाँका युवालाई पक्राउ गर्न खोजेका थिए । सोही क्रममा निर्दोषलाई पक्राउ गर्न खोजेको भन्दै स्थानीयले घुमुवामाथि जाइलागेको बताइएको छ ।

त्यहाँको अवस्था तनावग्रस्त बनेपछि ३ वटा मोटरसाइकलमा आएका ५ जना घुमुवा प्रहरीमध्ये ३ जना त्यहाँबाट तत्कालै भागेका थिए । दुई जनालाई स्थानीयले समातेर प्रहरी चौकी चन्हीलाई बुझाएको छ ।

ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा प्रसाद केशरीले मान्छे चिन्न धोखा भएको हुन सक्ने प्रारम्भिक अनुमान भएको बताए । उनले भने– घटना विषयमा थप अनुसन्धान भईरहेको छ ।

निरिक्षक केशरीले पक्राउ परेका दुईजना घुमुवाको नाम सार्वजनिक गर्न चाहेन

यहाँ कमेन्ट गर्नुहोस्