जेष्ठ १४ काठमाडौं__ प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन आज सम्बोधन गर्देछन् । गत जेठ ७ गते मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने तयारी भइरहेको बेला प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले सरकारका प्राथमिकताहरु, नीति तथा आगामी बजेटका विषयसँगै समसामयिक परिस्थितिबारे सम्बोधन गर्ने बताइएको छ । जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्