रानीपोखरीस्थित् बालगोपालेश्वर मन्दिरमा भाइटीका यस्तो देखियो

काठमाडौं २० कार्तिक ___  भाइटीकाको दिन रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाइन्छ । र, यो वर्ष पनि शनिबार बिहानैदेखि भाइटीका लगाउन सुरु गरिएको छ । दिदीबहिनी तथा दाजुभाई नहुनेका लागि हरेक वर्ष भाइटीकाको दिन रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुल्ला गरिन्छ ।

यो मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्छ । भूकम्प र कोरोना महामारीका कारण पछिल्लो समय बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाइएको थिएन । यद्यपि, यसपाली भने सर्वसाधारणका लागि खुलाइएको हो ।

हेरौं तस्विर :

यहाँ कमेन्ट गर्नुहोस्