वंशज नागरिकताको माग गर्दै वीरगंजमा प्रदर्शन

मंसिर २२ वीरगंज____ वंशज नागरिकताको माग गर्दै वीरगंजमा प्रदर्शन भएको छ । जन्मसिद्ध नागरिकता लिएका नेपाली बाबुआमाका सन्तानले वंशजका आधारमा नागरिकता पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन्। गठबन्धन सरकारले समेत जन्मसिद्धका सन्ततिलाई बेवास्ता गरेको भन्दै बुधबार दिउँसो उनीहरूले वीरगन्जमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीले सरकार विरोधी प्लेकार्ड सहित वीरगन्जको घण्टाघरबाट प्रदर्शन सुरु गरी वीरगन्ज नगर परिक्रमा गरेका थिए । पछिल्लो सरकारको काम गराइले निरास बनाएको भन्दै उनीहरूले जन्मसिद्ध नागरिकका सन्तानलाई सरकारले ६–७ वर्षदेखि अल्मल्याएको आरोप लगाए ।

पछिल्लो सरकारले नै वंशजको नागरिकता दिन रोक लगाएपछि नागरिकताको अभावमा अहिले आफूहरूको भविष्य अझ अन्योल भएको उनीहरूको गुनासो छ । नागरिकताअभावमा उच्च शिक्षा पढ्न र रोजगारी पाउनसमेत वञ्चित भएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

यहाँ कमेन्ट गर्नुहोस्