धार्मिक साहिष्णुता एवं सामाजिक सदभाब खल्बल्याउनेप्रति नेपाल मुस्लिम सङ्घद्वारा गम्भीर ध्यानाकर्षण गराइएको छ

अमुर्त अनलाइन

बैशाख ३, उदयपुर । उदयपुर जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकार गृह मन्त्रालय सिंहदरबार काठमाडौँलाई नेपाल मुस्लिम संघद्वारा गम्भीर ध्यानाकर्षण गराएको छ।

   कमल नारायण दासले इस्लाम धर्मावललीहरूको प्रवर्तक पैगम्बर मोम्मद (स.ब.) को बारेमा अतिरञ्जित, भ्रमक र कपोकल्पिक कुराहरू सामाजिक सञ्जालमा पोस्ट गरी धार्मिक साहिष्णुता एवं सामाजिक सद्भाव खल्बलाई समाजमा अशान्ति फैलाउने उद्देश्यले मुस्लिम समुदाय, इस्लाम धर्म, रामजन तथा इस्लाम धर्मका प्रवर्तकबारे अपमानित र अनादर गरेको भन्दै मुस्लिम संघ उदयपुरले ध्यानाकर्षण गराएको नेपाल मुस्लिम सङ्घका अध्यक्ष नजबुल खानले जानकारी दिएका हुन ।

    – सामाजिक सद्भाव कायम गरौं ।

    – सबै जात धर्म र संस्कारको सम्मान गरौं।

    -सदभाब मानव अधिकारको रक्षा गरौं।

भन्ने यिनै मूल नाराका साथमा धार्मिक सहिष्णुता एवं सामाजिक सद्भाव खल्बल्याई समाजमा अशान्ति फैलाउने साथै इस्लाम धर्म र मुस्लिम समुदायमा थि प्रहार गर्ने जो कोही भएपनि तत्काल नियन्त्रणमा लिई कडाभन्दा कडा कारबाहीका लागि नेपाल सरकारलाइ अपिल समेत गरेका हुन्।

यहाँ कमेन्ट गर्नुहोस्